मन्त्रिपरिषद् विस्तार गर्दै प्रधानमन्त्री, ३ बजे ४ मन्त्रीको शपथ
काे-काे बन्दै छन् मन्त्री ?
मेयरसाप डेस्क
|
२०८२ मंसिर २६ गते ०८:२१
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तार गर्दैछन् । प्रधानमन्त्री कार्कीले आज चार जना मन्त्री थपेर चौंथो पटक मन्त्रिपरिषद् विस्तार गर्न लागेकी हुन् ।
नियुक्त मन्त्रीको दिउँसो ३ बजे राष्ट्रपति कार्यालय शीतल निवासमा शपथ हुने भएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार मन्त्रीमा कुमार इङनाम, माधव चौलागाईं, राजेन्द्रसिंह भण्डारी र श्रद्धा श्रेष्ठ छन् ।
श्रद्धालाई महिला तथा बालबालिका, चौलागाईंलाई वन, भण्डारीलाई श्रम र इङ्नामलाई भूमि मन्त्रालयको जिम्मेवारी दिने तयारी छ ।
Facebook Comments