हलेसी तुवाचुङले विपन्न परिवारलाई भूकम्प–प्रतिरोधी घर बनाइदिने
१५–१५ हजार रुपैयाँ उपलब्ध
मेयरसाप डेस्क
|
२०८२ मंसिर २६ गते ०८:१९
खोटाङ । हलेसी तुवाचुङ नगरपालिकाले पालिकाभित्रका ३ विपन्न परिवारलाई भूकम्प–प्रतिरोधी घर निर्माण गरिदिने निर्णय गरेको छ । मंसिर २० गते बसेको नगरपालिकाको १३६औँ कार्यपालिका बैठकले यो निर्णय गरेको हो ।
नगरपालिकाका प्रवक्ता कमल गिरीका अनुसार, घर निर्माण गरिने परिवारहरूमा नगरपालिका–१० अर्खौलेका सरिता सार्की र वीरबहादुर सार्कीको परिवार, वडा नं.–६ मङ्गलटारका भया दमाई र वडा नं.–२ डिकुवाका देशवीर राई रहेका छन् । अर्खौलेका सार्की परिवारले हालै आफ्नी छोरीको दुःखद निधनको पीडा भोगेका थिए ।
प्रवक्ता गिरीले यी तीनै विपन्न परिवारलाई घर निर्माणको निर्णय गर्नुअघि चार महिनाअघि नै नगद १५–१५ हजार रुपैयाँ सहित खाद्यान्न उपलब्ध गराइएको जानकारी दिए ।
Facebook Comments